Skip to content

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलेनै सम्हाल्ने

nmb bank inside

काठमाडौँ।गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह आफैंले सम्हाल्ने भएका छन् । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएसँगै गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री आफैंले राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

विवादित व्यापारी दीपक भट्टसँग साँठगाँठ रहेको तथ्य बाहिरिएपछि उनी विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै  बुधबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

केही दिनअघि उनले सार्वजनिक गरेका सम्पत्ति विवरणनै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आएपछि उनलाई राजिनामा दिन चौतर्फी दबाब आइरहेको थियो  । त्यही दबाबमा बीच उनले गुरुङले पदबाट राजीनामा दिएका हुन् ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्