काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको सरकारी व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छिन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती व्यवस्थापन आवश्यक भएपनि डोजर चलाएर बस्ती तहसनहस गरिएपछि मात्रै प्रक्रिया रोकिएको र त्यसपछि पनि दुईजनाले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिन् ।
तर ती घटनाप्रति सरकारले कुनै समवेदना नजनाएको भन्दै उनले आलोचना गरिन्।उनले भनिन्,‘सुकुम्बासी बस्तीको व्यवस्थापन पक्कैपनि जरुरी विषय थियो । तर उक्त बस्ती तहसनहस गरी गरेपछि मात्रै रास्वपाले आफंै सरकारलाई विन्ति बिसायो र भन्यो–अब डोजर रोकियोस् । जब रोकियो, तब दुईजना व्यक्ति आत्माहत्या गर्न बाध्य भए । उहाँहरुको जीवन नै समाप्त हुँदासमेत सरकारले कुनै समवेदना प्रकट गरेको देखिएन । यसबाट के बुझ्ने ? यसबाट सरकार सामान्य भुइँमान्छेबाट कति टाढा रहेछ भन्ने जनाउँछ कि जनाउँदैन् ? यहाँ त मृत्युको पनि वर्ग र जात हुँदो रहेछ । गरिब भुइँमान्छेको मृत्युलाई त वेवास्ता गरिने रहेछ ।’
उनले पूर्वमै उचित व्यवस्थापन बिना विस्थापन गरिएको निर्णयलाई नीतिगत मात्र नभइ मानवीय संवेदनशीलताको गम्भीर असफलता भएको टिप्पणी गरिन् । साथै, यस घटनाको राजनीतिक र नैतिक जिम्मेवारी सरकार र रास्वपा दुवैले लिनुपर्ने उनको भनाइ थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्