Skip to content

अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ : सांसद सुनार

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रातदिन नभनी जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउन पाउने र बाथरुम जान पाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने,‘संसदीय मामिलामा रिपोर्टिङमा खटिएका पत्रकार साथीहरुको गेट बाहिरको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको छ । रातदिन नभनेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकार साथीहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउने र पिसाब लाग्दा वासरुम जान पाउने व्यवस्था गरियोस् ,म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै,उनले संसदभवन बाहिर देखिएको पत्रकारलाई पानी पर्दा क्यामेरा लुकाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे हुने अवस्था अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने विषय रहेको बताए ।
‘पानी पर्दा क्यामरा जोगाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे भएको छ । अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुनेगरी पत्रकार साथीहरुलाई दुःख नदिन सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’उनले भने ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्