Skip to content

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

nmb bank inside

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले १ हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य सरकारको रहेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमै कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति सम्पन्न गरिनेछ ।

यस्तै, आगामी वर्ष कांकडभिट्टा–लोकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही सडकखण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढाइने भएको छ ।
साथै बागमती–पथलैया, नारायणगढ–हेटौंडा र गोरुसिङ्गे क्षेत्रमा १४ वटा सडक स्तरोन्नति आयोजना सुरु गरिने बजेटमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा करिब एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने तथा २७५ वटा सडक पुल निर्माण गर्ने योजना समेत अघि सारेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्