Skip to content

रबिलाई राजेन्द्र लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्

nmb bank inside

काठमाडौँ। विपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले  वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफनो भारत भ्रमण लगत्तै सोमवार बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले उक्त सुझाव दिएको बताएका हुन्  ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व र नेपालले संसदबाट सर्वसम्मतीले  पारित गरेको लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै त्यस्ता कुराहरुमा होशियारी अपनाउन पनि आग्रह गरेका छन् ।

उनले सरकारको गलत क्रियाकलापको भारी सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुनाले पनि सरकारले वैदेशिक मामिलाको सवालमा सम्वेदनशीलता उपनाउन आवश्यक रहेको तर्क पनि गरे ।

अध्यक्ष लिङदेनले सरकारले जनताले दिएको मतलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने पनि बताएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्