Skip to content

सुकुम्बासी समस्या समाधान गर्न हर्कराज राईको माग

nmb bank inside

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गगरेका छन्  ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्नेमा जोड दिँदै सीमा क्षेत्रमा हुने डुबान, भूमिहीनका समस्या र माईतीघरमा जारी आन्दोलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद राईले रौतहटको गौर नजिकै भारतले लाल बकैया र वागमती नदीमा उच्च बाँध निर्माण गरेका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्टिङ आएको बताएका छन् ।

भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी दिए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु न्यायपूर्ण नभएको उनको तर्क थियो ।

त्यसैगरी, उनले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गाको प्रसङ्ग पनि उठाए । ६६ वर्षदेखि बसोबास गरिरहेका स्थानीयले अझै लालपुर्जा नपाएको र अहिले नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दुःख दिने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

सांसद राईले माइतीघर मण्डलामा विभिन्न माग राखेर लामो समयदेखि धर्नामा बसेका नागरिकहरूको मुद्दा सम्बोधन गर्न गृहमन्त्रीसँग आग्रह गरे । उनले सरकारले आन्दोलनकारीका मागप्रति चासो देखाई तत्काल न्याय दिनुपर्ने माग गरे । सम्बोधनको अन्त्यमा सांसद राईले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्ति सच्याउने र जनसरोकारका यी मुद्दाहरूमा सरकारले ठोस कदम चाल्ने विश्वास व्यक्त गरे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्