Skip to content

दोलखामा पहिरो : चार महिनाकी शिशुको ज्यान गयो, आमा गम्भीर घाइते

nmb bank inside

रामेछाप। दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गरएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो।

उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन् । प्रहरीका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन् ।

सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएपछि उनीहरू गाडीबाट ओर्लिएर पैदल यात्रा गर्दै थिए । यात्राकै क्रममा माथिबाट अचानक खसेको पहिरोले आमा–छोरीलाई पुरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै स्थानीयवासीले आमा–छोरीको उद्धार गरी दोलखास्थित बधुलिखेल अस्पतालको शाखा अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याइएपछि चिकित्सकले चार महिनाकी शिशु एलिना थामीलाई मृत घोषणा गरेका थिए ।

पहिरोमा परी गम्भीर घाइते भएकी शर्मिला थामीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

अविरल वर्षासँगै पहाडी जिल्लामा बाढी तथा पहिरोको जोखिम बढिरहेको छ। जोखिमयुक्त सडक र बस्तीमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमको अवस्थामा सुरक्षित स्थानमा रहन सम्बन्धित निकायले सर्वसाधारणसँग आग्रह गरेको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्