Skip to content

१९ गतेलाई केरेर १८ गते बनाउँदै प्रभु बैंकको खण्डन – ‘बिगतका कमजोरी दोहोरिन दिँदैनौं’, छताछुल्ल बदमासीबारे मौन !

nmb bank inside
काठमाडौँ । प्रभु बैंक लिमिटेडले पछिल्लो समय मिडियामा आएका समाचारहरु भ्रामक रहेको भन्दै त्यसको खण्डन गरेको छ । बैंकले बिगतमा कमजोरीहरु भएको स्वीकार्दै ती कमजोरीहरु अव दोहोरिन नदिने भन्दै विज्ञप्ति जारी गरेको हो ।
बैंककि कनिष्ट अधिकृत पूजा बमले मार्केटिङ प्रमुख दिपेन्द्र बाबु बिष्टलाई सिसि गरेर पठाइएको सो विज्ञप्तिमा मिडियाहरुमा प्रकाशित समाचार दुरासययुक्त र भ्रामक भनिएको छ । केहि दिन यता विभिन्न संचारमाध्यमले बैंकको संचालक समितिका सदस्यहरुका विवादबारे खबर प्रकाशन गरेका थिए ।
बैंकले प्रकाशित समाचारको खण्डन नगरी समग्र मिडियालाई गलत देखाउनेगरीमात्र खण्डन गरेको छ । बैंककी संचालक अम्बिका लामिछानेले बैंकबाट आफ्नै छोराको कम्पनीमा भुक्तानी लिएको तथ्य प्रमाण, बिल नम्बर, र मितिसहित विभिन्न संचारमाध्यममा प्रकाशन / प्रशारण भएको थियो । बैंकका संचालक रमेश राज अर्यालको विवादित बिगत, र बैंकका अर्का संचालक बिर्खबहादुर बस्नेतको नियुक्तिका बारेमा पनि मिडियाहरुले समाचार प्रकाशन / प्रशारण गरेका थिए । ती समाचारहरुमा खबरलाई पुष्टी गर्ने तथ्य, कागज प्रमाणसमेत उल्लेख भएको थियो । तर कागजले प्रमाणित गरेको विषय र स्वयम् संचालकले स्वीकारिसकेको विषयलाई पनि बैंकले भ्रामक भन्दै खण्डन गरेको छ ।
अझ, खास कुरा त के छ भने यसपटकदेखि बैंकको विज्ञप्ति आफैँले सहि गर्ने अचम्मको चलन प्रभु बैंकमा देखिएको छ । अरु कसैले युनिकोडमा तयार गरेर प्रिती फन्टमा कन्भर्ट गरी विज्ञप्ति तयार गरेको कुरा विज्ञप्तिको अन्तिममा भएको व्याकरण अशुद्धीले देखाउँछ । विज्ञप्ति बनाउनेले साउन १९ गते भनेर पठाएको विज्ञप्तिलाई सीइओ सुमन शर्माले काटेर १८ गते बनाएको प्रष्ट देखिन्छ ।
संचारमाध्यममा आएका खबर झुटा हुन् भन्दा अरु मिडिया पनि रिसाउलान् भनेर बैंकले अन्तिममा प्रेस स्वतन्त्रताको समान गर्नेसमेत उल्लेख गरेको छ ।
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्