काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घटेको हो।
केहिदिन देखि लगातार घटिरहेको सुनको मूल्य आज एकैदिन १२ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। कारोबारको अघिल्लो दिन बिहिबार सुन तोलामा ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्