Skip to content

पक्राउ नै नपरेको मान्छे पक्राउ भन्दै सिप्रदीको ‘अनाधिकृत प्रेस रिलिज’ मिडियामा, विपना श्रेष्ठसहितलाई साइबर केस लगाउने तयारी !

nmb bank inside

काठमाडौँ । शुक्रबार विहान ११ बजेर ५ मिनेट जाँदा विभिन्न मिडियामा एभरेष्ट एड मिडिया कोअर्डिनेटर नामको इमेलमार्फत आफु एभरेष्ट एड एण्ड इभेन्ट मेनेजमेन्टको मिडिया कोअर्डिनेटर भन्दै विपना श्रेष्ठको इमेल आयो । इमेलमा सिप्रदीका अवैध सामान ल्याइएको भन्दै एक जना पक्राउ परेको समाचार थियो ।

समाचारमा अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरी विक्रि वितरण गरी
उपभोक्ता हरु ठगी गरेको आशंकामा बनेपा स्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि. का संचालकलाई पक्राउ गरेको विवरण थियो । तस्विर एआईले बनाएर पठाइएको, र सामान्य समाचारको भाषा पनि नमिलेको, समाचारजस्तो देखिने सो सामाग्री विभिन्न मिडियाहरुलाई पठाइयो ।
सामान्यतया कसैलाई पक्राउ गरेको विवरण प्रहरीबाट आउँछ। तर सिप्रदीको विज्ञापन एजेन्सी एभरेष्ट एड एण्ड इभेन्ट मेनेजमेन्टले आफुलाई नै प्रहरी कार्यालय जस्तो गरेर विवरण पठायो – त्यो पनि झुटो ।
अर्थ खबरको सम्पर्कमा आएका राजकुमार पोतेले आफुलाई प्रहरीले पक्राउ नगरेको र सोधपुछ पछि आफ्नो गोदाम सिल गरेर गएको दाबी गरेका छन् । ‘म पक्राउ परेको छैन । सिप्रदीले कसकसलाई लगाएर झुटो समाचार मिडियामा पठाएको छ । ४-५ सय कल आईसक्यो, हैरान भएको छु ।’
उनले सो सामान आफुले भन्सार तिरेर, एलसी खोलेर, सबै प्रक्रिया पूरा गरेर ल्याएको समेत दाबी गरे । ‘मसँग सबै डकुमेन्ट छ, एक्कासी सिप्रदीको टोली प्रहरी लिएर आयो, कुनै पूर्जी विना पसलमा ताला लगाईदियो । बाँकी कानुनी उपचारमा छु ।’
उनले यस विषयमा कानुनी परामर्श लिईरहेका छन् । यो केसमा विज्ञापन एजेन्सीबाट रिलिज पठाउने विपना श्रेष्ठ, र मिडिया संचालकहरुलाई गाली बेइज्जतीदेखि साइबर अपराधसम्म लाग्ने हुनाले सोहि अनुसार प्रहरीमा केस गर्नुपर्ने राय कानुन व्यवसायीहरुले दिईरहेका छन् । कोहि पक्राउ परेको समाचार आधिकारिक रुपमा प्रहरीबाट पुष्टीसमेत नगरी विभिन्न मिडियाहरुलाई पठाउनु गैरकानुनी रहेको कानुनविद्हरुको भनाई छ ।
एभरेष्ट एडको मिडिया कोअर्डिनेटर भनिएकी विपना श्रेष्ठले आफुहरुले पनि रिलिज पठाईसकेपछि गल्ती भएको थाहा पाएको र सरहरुले ‘आजलाई होस्’ भनेपछि सच्याइएको रिलिज नपठाएको दाबी गरिन् । यसरी हेर्दा उनले साइबर अपराध गरेको स्वयम् उनले स्वीकार गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलले पनि पोते पक्राउ नपरेको पुष्टी गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनि सिप्रदीको उजुरीका आधारमा गोदाममा ताला लगाएको तर मानिस पक्राउ परेको विषय गलत भएको पुष्टी गरेको छ । कोहि पक्राउ परेको समाचार त्यसरी कुनै विज्ञापन एजेन्सीले मिडियाहरुलाई अनाधिकृत रुपमा पठाउँदा साइबर कानुन आकर्षित हुनेसमेत प्रहरीले प्रष्ट पारेको छ ।
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्