Skip to content

अमेरिकामा एकैटपटक बैंकिङ र डिजिटल सेवामा अवरोध !

nmb bank inside

काठमाडौँ । अमेरिकामा प्रमुख बैंक, डिजिटल भुक्तानी सेवा, माइक्रोसफ्टका प्लेटफर्म तथा हवाई सेवामा प्राविधिक अवरोध देखिएको छ । एकै अवधिमा विभिन्न सेवा प्रभावित भएपछि प्रयोगकर्ताले अनलाइन कारोबार, भुक्तानी तथा डिजिटल सेवाहरू प्रयोग गर्न समस्या भोगेका छन् ।

प्रभावित सेवामा जेपी मोर्गन चेज, बैंक अफ अमेरिका, वेल्स फार्गो लगायतका प्रमुख बैंकहरू रहेका छन् । ती बैंकका अनलाइन बैंकिङ तथा कारोबार प्रणालीमा समस्या देखिएको बताइएको छ । यस्तै, डिजिटल भुक्तानी सेवा जेल्ले र प्लेइडमा समेत अवरोध आएको विवरण सार्वजनिक भएको छ ।

यसैबीच माइक्रोसफ्टका विभिन्न प्लेटफर्ममा समेत समस्या देखिएको छ भने हवाई सेवामा पनि अवरोध आएको विवरण सार्वजनिक भएको छ । विभिन्न सेवामा एकै समयमा समस्या देखिएपछि अमेरिकामा डिजिटल पूर्वाधारको विश्वसनीयता र प्राविधिक सुरक्षाबारे प्रश्न उठ्न थालेका छन् ।

यद्यपि, यी सबै अवरोध एउटै कारणले भएको वा आपसमा सम्बन्धित रहेको पुष्टि भएको छैन । सम्बन्धित सेवा प्रदायकबाट प्राविधिक समस्या र त्यसको प्रभावबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्