Skip to content

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: एनआईएमबीका पूर्व नायब महाप्रबन्धक अमित श्रेष्ठको बयान

nmb bank inside

काठमाडौँ। सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिको कथित गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन नायब महाप्रबन्धक अमित श्रेष्ठले बयान दिएका छन्।

यसै प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध तथा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर भइसकेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि दायर गरेको अभियोगपत्रमा, बैंककै मिलेमतोमा सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति एनसेललाई फाइदा पुग्ने गरी लिलामी गरिएको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा प्रहरीले उक्त प्रकरणसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग बयान लिने क्रममा तत्कालीन नायब महाप्रबन्धक अमित श्रेष्ठको समेत बयान लिएको जनाएको छ। प्रहरीका अनुसार प्रकरणसम्बन्धी थप अनुसन्धान जारी रहेको छ।उनले दिएको बयान तल हेर्नुहोस् :

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्