काँकरभिटामा फेला प¥यो मानव कंकाल, दुई जना पक्राउ
राजकुमार ओली, नेपाल न्यूज बैंक
झापा । झापाको काँकरभिट्टामा अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (प्रनाउ) रञ्जन अवाका अनुसार ललितपुर साविक मिखेल हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए । उनी हराएको भन्दै उनकी श्रीमती तुलसा बुढा बजगाईंले प्रहरीमा निवेदन दिएकी थिइन् ।
निवेदनका आधारमा अनुसन्धान अघि बढाउने क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका नजिकका साथी म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय ‘राम’ भन्ने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा सिंहले देखाएको स्थान मेचीनगर–७ भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा आफैँले सञ्चालन गरेको बंगुर फर्मभित्र उत्खनन गर्दा मानव आकृति देखिने कंकाल फेला परेको प्रनाउ अवाले जानकारी दिए । प्रहरी टोलीले स्थानीय नागरिक तथा जनप्रतिनिधिको रोहबरमा जेसिबी प्रयोग गरी उत्खनन गरेको थियो ।
बरामद गरिएको कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाइएको छ । उक्त कंकाल बेपत्ता दिलनाथ बजगाईंकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षण पश्चात् नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गुप्तबहादुर सिंहका साथै भारतको अलेपुर विरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामालाई समेत पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्