काठमाडौँ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० वटा घर जलेका छन्। स्थानीय प्रशासनका अनुसार आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी खटाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उक्त क्षेत्रमा करिब ५० घरधुरी रहेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागी नियन्त्रणका लागि दमकलसमेत प्रयोग गरिएको उनले बताए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्