हेटौँडा उपमहानगरपालिकाको टोलीसहित प्रहरी सडक तथा जोखिमयुक्त क्षेत्रमा परिचालन, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह
हेटौँडा । सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले संयुक्त रूपमा जोखिमयुक्त क्षेत्रको अनुगमन तथा सडकको अवस्थाबारे निगरानी थालेका छन्।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामासहित नगर प्रहरीको टोली बिहानैदेखि विभिन्न क्षेत्रमा परिचालन भई सम्भावित बाढीपहिरोको जोखिम तथा सडकको अवस्थाबारे जानकारी लिइरहेको छ।
उपमहानगरपालिकाले नगरवासीलाई अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै, कोही कतै अप्ठ्यारोमा परेको, बाढीपहिरोका कारण जोखिममा परेको वा उद्धार आवश्यक भएको जानकारी पाए तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको छ।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्