हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई
काठमाडौं। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।
राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै मेन्टेन एफसीले प्रतियोगिताको उपाधि चुमेको हो ।
उपाधिसँगै मेन्टेनले रनिङ सिल्ड, ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ आफ्नो पक्षमा पारेको छ । निर्धारित २० मिनेटमा दुबै टिमले गोल गर्न नसक्दा पेनाल्टीमा पुगेको खेल रोमाञ्चक बनेको थियो ।
प्रतियोगितामा उपविजेता बनेको भोटे एफसीले मेडल र १ लाख रुपैयाँ नगद हात पारेको छ । प्रतियोगितामा यार्सा एफसी, धरानले फेयरप्लेको उपाधि जित्दै नगद २० हजार रुपैयाँ हात पार्यो ।
व्यक्तिगत विधातर्फ मेन्टेन एफसीका प्रशिक्षक प्रदीप सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए। मेन्टेन एफसीकै आशिष डंगोल उत्कृष्ट व्यवस्थापक चुनिए।
यस्तै यार्सा एफसीका रिवस मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा भोटे एफसीका एन्जल गुरुङ उत्कृष्ट गोलरक्षक बने। भोटे एफसीकै मौसम लामाले इमर्जिङ प्लेयरको अवार्ड पाए।
४४ टोलीको सहभागिता रहेको प्रतियोगिता २ दिनसम्म चलेको थियो । नकआउट फम्र्याटको खुला प्रतिस्पर्धामा राजधानी बाहिरबाट ६ टिमले सहभागिता जनाएको आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए ।
समापन समारोहमा विजेताहरूलाई नेपाली महिला राष्ट्रिय टिमका खेलाडी अनिता वस्नेत र हिराकुमारी भुजेललगायतले पुरस्कार प्रदान गरेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्