भूकम्पले जीर्ण बनेको जाजरकोट दरबार भत्कियो (फोटो फिचर)
हेमन्त केसी, नेपाल न्यूज बैंक
सुर्खेत । २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट सदरमुकाम खलंगास्थित ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ । भूकम्पपछि कमजोर बनेको दरबार समयमै संरक्षण तथा पुनर्निर्माण हुन नसक्दा थप जीर्ण बनेको हो ।
ऐतिहासिक अभिलेखअनुसार जाजरकोट दरबार वि.सं. १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको मानिन्छ । दरबार जाजरकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ ।
भूकम्पपछि दरबारका भित्तामा चिरा पर्नुका साथै संरचना कमजोर बनेको थियो । वर्षात् र चिस्यानका कारण क्षति थपिँदै गएपछि अहिले दरबारको एउटा भाग नै भत्किएको छ । बाँकी संरचना पनि जोखिममा रहेको स्थानीय बताउँछन् ।
ऐतिहासिक सम्पदाको संरक्षणमा ढिलाइ हुँदा दरबारको मौलिक संरचना नष्ट हुने अवस्था आएको भन्दै स्थानीयले तत्काल संरक्षण तथा पुनर्निर्माणको माग गरेका छन् । जाजरकोटको इतिहास र पर्यटनसँग जोडिएको दरबारको संरक्षणका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्