लिग–२ क्रिकेट : नेपाल आज क्यानडाविरुद्ध मैदानमा
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष ६ मा स्थान सुरक्षित गर्न निकै महत्वपूर्ण मानिएको छ ।
तालिकामा ३४ खेलबाट २८ अङ्कसहित सातौं स्थानमा रहेको नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ । जारी त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट लयमा रहेको नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले हराएको थियो ।
उता, पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको क्यानडा पनि नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै शीर्ष ६ को सम्भावना जीवित राख्ने दाउमा छ । क्यानडाले ओमानविरुद्ध २५६ रन बनाएकाले नेपाली बलरहरूलाई विपक्षी ब्याटिङ रोक्ने चुनौती रहनेछ ।
जारी शृङ्खलाका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २३५ र २६३ रनको मजबुत योगफल खडा गरेको थियो । हालसम्म यी दुई टोलीबीच भएका ६ एकदिवसीय भेटमा नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। नेपाल सोही सफलतालाई निरन्तरता दिँदै लगातार तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्