काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स तथा साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । प्लेअफको सम्भावना बलियो बनाउन सुदूरपश्चिमलाई आजको खेल जित्नुपर्ने दबाब छ । यता तीन खेल खेलेको कर्णालीले एक जित र दुई हार बेहोरेको छ । चौथो खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य कर्णालीको हुनेछ ।
तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ । आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ ।
अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्