Skip to content

चिसोबाट बच्न १६०० विद्यार्थीलाई न्यानो कपडा सहयोग

nmb bank inside

हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाभित्र रहेका १६०० सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसोको सिजन सुरु भएसँगै वार्म नेस्ट फाउन्डेसनको सहयोगमा पालिका भित्रका १२ वटा सामुदायिक विद्यालयका एक हजार, छ सय छात्रछात्रालाई ज्याकेट, मोजा, जुत्ता सहयोग गरिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । 

अध्यक्ष भण्डारीका अनुसार, कर्मफ्लाइट्स फाउन्डेसन, सिमकोट गाउँपालिका र वार्म नेस्ट फाउन्डेसनको सहकार्यमा यहाँका सामुदायिक विद्यालयका विद्यार्थीलाई चिसोबाट बच्नका लाथि न्यानो कपडा सहयोग गरिएको हो । 

अध्यक्ष भण्डारीले भने, ‘जिल्लामा तापक्रम माइनसमा झरेको छ, जाडोयाम बढ्दै गएको हुनाले बालबालिकालाई न्यानो र सुरक्षित राख्ने उद्देश्यले हामीले न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेका हौं ।’

हिमाली क्षेत्रको कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिकालाई जोगाउँदै उनीहरूको स्वास्थ्य, सहजता र नियमित पठनपाठनमा सहयोग पुर्याउनु नै मुख्य उद्देश्य भएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए । 

न्यानो पोशाक सहयोगले बालबालिकाहरुको अनुहारमा देखिएको खुसी र उत्साहले यस अभियानको महत्वलाई अझ बढी महत्त्व झल्काएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाले बताइन् । 

यस अभियानलाई सम्भव बनाउन सहयोग गर्ने वार्म नेस्ट फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गरिएको छ । साथै, यस अभियानमा सिमकोट गाउँपालिकाको निरन्तर सहकार्य, समन्वय र बालबालिकाको हितप्रतिको प्रतिबद्धता रहने उपाध्यक्ष रोकायाले बताइन् । 

विद्यार्थीलाई चिसोबाट बचाउन र विद्यालयमा नियमित उपस्थितिदर वृद्धि गर्नका लागि उक्त सहयोग गरिएको हो । 

वार्म नेस्ट फाउन्डेसनको आर्थिक सहयोगमा नेपाली उद्योगमा तयार भएका न्यानो कपडा यस गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गरिएको हो । मुख्यगरी गाउँपालिकाले माग गरेको सहयोगअनुसार उक्त सहयोग हुम्लामा पुगेको बताइएको छ ।

यसका लागि २५ लाख रुपैयाँ वार्म नेष्ट फाउन्डेसनले लागत बेहोरेको छ भने पाँच लाख रुपैयाँ सिमकोट गाउँपालिकाले लागत बेहोरेको छ । 

गाउँपालिका भित्र रहेका रामदेव, पञ्चमुखी, रलिङ्ग, कालाशिल्ता, भिमशेन, कैलाश, सनसाइन लगायत १२ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्