पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य(फोटो फिचर)
तस्बिर : दिलकुमार लिम्बू,नेपाल न्युज बैंक
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडाबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमाल र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्य ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ ।
यहाँ दर्शनका लागि पुग्ने तीर्थयात्रीले पाथीभरा देवीको पूजा आराधनासँगै वरिपरि फैलिएका हिमाल, पहाड र प्राकृतिक दृश्यको अवलोकन गर्न पाउँछन् । हिमालको मनोरम दृश्यले पाथीभरा क्षेत्रको पर्यटन आकर्षण थप बढाएको छ ।












Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्