पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु
काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ।
अस्पताल पु¥याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्