Skip to content

बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

nmb bank inside

बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

नेपाल न्युज बैंक

कालीकोट। कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप सोमबार बिहान ८ बजे दुर्घटना भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की र २७ वर्षीया जादुकला सार्कीसहित कुरुवा बोकेर गएको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलले बताए ।

दुर्घटनामा चालक कालीकोटको सान्नीत्रिवेणी–७ का २२ वर्षीय योगेश सिम्खाडा, बिरामी कैली र जादुकलासहित उनीहरूका कुरुवा १८ वर्षीय गंग सार्की, ४१ वर्षीय रने सार्की र सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खाडा घाइते भएका छन् ।

बिरामी बोकेको बोलेरो राति कालीकोटबाट सुर्खेततर्फ जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते भएको थप उपचार सुर्खेत जिल्ला अस्पतालमा भईरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्