Skip to content

एनपीएल : साम्राको शतकमा पोखराद्वारा कर्णालीलाई २१८ रनको उच्च लक्ष्य

nmb bank inside

एनपीएल : साम्राको शतकमा पोखराद्वारा कर्णालीलाई २१८ रनको उच्च लक्ष्य 

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ । 

टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन बनायो । यो प्रतियोगिताकै उच्च लक्ष्य हो । 

जसमा युवराज सामराले शतक र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । सामरा १०२ र भुर्तेल ६२ रनमा आउट भए । यी दुबै ब्याटरबीच १३६ रनको कीर्तिमानी साझेदारी भयो। यो जारी सिजनको उच्च साझेदारी हो । सामराको शतक पनि जारी सिजनको पहिलो शतक हो । 

कर्णालीका कप्तान सोमपाल कामीले २,मार्क वाटले १ विकेट लिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्