Skip to content

एनपीएलस् काठमाडौं चौथो जितसहित प्लेअफनजिक,चितवन पराजित

nmb bank inside

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १० रनले  हराएको छ। 

पाँच खेलबाट चौथोजितका साथ ८ अंक जोडेको काठमाडौं प्लेअफ नजिक पुगेको छ। चितवनको भने पाँच अंकका साथ चौथो स्थानमा कायम छ।

जितका लागि पाएको १८१  रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन मात्रै बनाउन सक्यो। उसका रवि वोपराले अर्धशतक हिर्काउदै ५५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

काठमाडौंका सहान अरचन्चिकाले २ विकेट हात पारे।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनायो।

जसमा राशिद खानले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए।

चितवनका रिजन ढकालले ३,सिकन्दर राजा र कमलसिंह ऐरीले २र२ विकेट हात पारे।

आजै भएको पहिलो खेलमा  पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई  ६३ रनले हरायो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्