काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर ब्याटिङ रोजेको छ।
५ खेलबाट ४ अंक बटुलेको विराटनगर प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बाध्यतामा छ । ५ मध्ये १ खेल मात्रै जितेको पोखराको प्लेअफ ढोका लगभग बन्द भएको छ । पोखरा आफ्नो प्रतिष्ठाको लागि आज खेल जित्ने दाउमा छ ।
आजै बेलुकी ५ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्नेछन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्