Skip to content

त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि फहराइ रहेका झण्डाहरु (फोटोफिचर)

nmb bank inside

तस्बीरः नेपाल न्यूज बैक

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदि बेसिनमा आएको विनाशकारी बाढीमा परेर दिवंगत भएकाहरुको सम्झानामा त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि गाडिएका झण्डाहरु । तामाङ संस्कृतीमा यस्तो झण्डाको मुख्य अर्थ मृतकको आत्माको शान्ति, सही मार्गको निर्देशन र सुखावती भुवन तथा मोक्ष प्राप्तिको कामना गर्नु हो ।

उक्त बाढीमा परेर १,४६४ जनाको मृत्यु भएको थियो भने ५,२८५ जना बेपत्ता भएका थिए । त्यसमध्ये ११० शव पहिचान गरिएका थिए भने बाँकीको पहिचानका लागि परिवारका डिएनए सङ्कलन र परीक्षणको काम अघि बढाइएको थियो । ३७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा कार्यरत करीब १७८ जना कर्मचारी सम्पर्कविहीन भएका थिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्