लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौं । आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।
सन् १९८१ देखि महिला अधिकारकर्मीहरूले नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका हुन् । डोमिनिकन गणतन्त्रका तीन राजनीतिक अभियन्ता मिराबल दिदीबहिनीको स्मृतिमा यो दिन चयन गरिएको हो। तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा सन् १९६० मा उनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो ।
महिलामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्दै गएपछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ डिसेम्बर २० मा प्रस्ताव नम्बर ४८र१०४ मार्फत महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र पारित गरेको थियो ।
त्यसपछि सन् २००० फेब्रुअरी ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो ।
यसै अवसरमा सन् २०२६ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुँदैछ । यस वर्षको अभियानले ‘न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ, दण्डहीनताको अन्त्य गरौँ’ भन्ने नारालाई प्राथमिकतामा राखेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्