काठमाडौं । हास्य शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको फिल्म ‘क का कि की’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । विक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा छन् ।
टिकटकमा चर्चित मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीलगायत कलाकार पनि फिल्ममा आबद्ध छन् ।
प्रायः कलाकार आफ्ना फिल्मको प्रचारप्रसारका लागि ‘कमेडी दरबार’मा पुग्ने गरेका छन् । यही कारण ‘क का कि की’ले पनि व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा गरिएको थियो ।
तर, फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमले आफ्ना कलाकारलाई प्रहरीले पक्राउ गरेको भन्दै प्रचार गरेको थियो । पब्लिसिटी स्टन्टका रूपमा अपनाइएको उक्त शैलीले फिल्मप्रति नकारात्मक धारणा सिर्जना गरेको देखिन्छ ।
त्यसपछि फिल्मको आलोचना सुरु भयो । अहिले त्यसको असर बक्स अफिसमा पनि देखिएको छ । प्रदर्शनको दुई दिनमा फिल्मले घरेलु बजारबाट करिब १२ लाख रुपैयाँ मात्रै कमाइ गर्न सकेको छ ।
यस अवधिमा फिल्मका करिब तीन हजार पाँच सय टिकट बिक्री भएका छन् । यसको तुलनामा गत कात्तिक २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘बाटुलो जून’ बक्स अफिसमा अगाडि देखिएको छ ।
अन्य फिल्मकर्मीका लागि प्रचारप्रसारको प्रभावकारी माध्यम बनेको ‘कमेडी दरबार’को टिम आफ्नै फिल्मको प्रचारमा भने चुकेको देखिन्छ । फिल्मको प्रचारका लागि अपनाइएको विवादास्पद शैलीले दर्शकको ध्यान त खिच्यो, तर त्यसले व्यावसायिक सफलता दिलाउन सकेन । त्यसैले निर्माण टिमले अपनाएको प्रचार शैली फिल्मका लागि फाइदाजनकभन्दा घाटा पुर्याउने खालको देखिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्