Skip to content

वासुदेव मुनालको संस्मरणात्मक पुस्तक ‘आओ ! मेरा प्यारा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ लोकार्पण

nmb bank inside

काठमाडौं । प्रसिद्ध रेडियोकर्मी एवं गायक वासुदेव मुनालको संस्मरणात्मक पुस्तक ‘आओ ! मेरा प्यारा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ लोकार्पण गरिएको छ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित डबलीमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो।

पुस्तकमा मुनालका जीवनका स्मृति, सुखदुःखका अनुभव र रेडियो नेपालको यात्रालगायत विषय समेटिएका छन्। बुक हिलले वासुदेव मुनाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा पुस्तकको प्रकाशन गरिएको हो ।

पुस्तकका संकलक तथा मुनालका छोरा मोहिन मुनालले बुवाको एउटा सपना पूरा गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए। उनले पुस्तकमार्फत रेडियोमा सुनिने वासुदेव मुनालको आवाजसँगै उनको व्यक्तिगत जीवन र यात्राबारे पनि पाठकले जानकारी पाउने बताए।

उनले भने, ‘वासुदेव मुनाल एउटा समयको ट्रेडमार्क आवाज हुनुहुन्थ्यो। रेडियो नेपालको बाल कार्यक्रम नसुन्ने मानिस कमै भेटिन्छन्। उहाँको आवाज धेरैले सुने पनि व्यक्तिगत यात्राबारे कमैलाई थाहा छ। त्यही यात्रा सबैसामु ल्याउन बुवाले लेखेका कुराहरू संकलन गरेर पुस्तक प्रकाशन गरेका हौँ।’

कार्यक्रममा वासुदेव मुनालप्रति सांगीतिक सम्मानसमेत प्रस्तुत गरिएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्