काठमाडौँ। समस्याग्रस्त सहकारीका ७९ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना बचतकर्ताको रकम फिर्ता गरेको हो।
समितिका अनुसार गोरखाका २५ जना, गौतमश्रीका ६ जना, शिव शिखरका १३ जना, आइडियल यमुनाका ३ जना, ओरिएन्टल कोअपरेटिभका ३ जना र कान्तिपुर सहकारीका २९ जना बचतकर्ताको रकम फिर्ता गरिएको छ ।
सहकारीका ऋणीबाटै रकम असुली गरि बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ।
पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको समितिले क्रमशः अन्य बचतकर्ताको पनि रकम फिर्ता गरिने जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्