Skip to content

सञ्चारकर्मी आचार्य अभिनित म्युजिक भिडियो ‘दशैँको माहोल’ सार्वजनिक

nmb bank inside

काठमाडौं । सञ्चारकर्मी सुप्रिया आचार्यको अभिनय रहेको म्युजिक भिडियो ‘दशैँको माहोल’ सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका पम्फा बान्जाडेको स्वरमा रहेको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । अशोक कुमार सापकोटाको शब्द तथा विष्णु तामाङको संगीत तथा एरेन्जमा तयार भएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन् ।  निरेन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा आचार्यसहित प्रेम लामा, भैरम श्रेष्ठ, प्रेम बिष्ट लगायतको अभिनय रहेको छ।

भिडियोको छायांकन सुनिल भण्डारीले गरेका हुन्।

राजकुमार मगरले भिडियोको पोस्ट प्रोडक्सन रोयल मुभिज प्रालिले गरेको हो।

गीतमा लोकसंगीतको स्वादसँगै प्रेम तथा भावनात्मक कथालाई प्रस्तुत गरिएको छ । सार्वजनिक भिडियोले दर्शक तथा संगीतप्रेमीबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

सञ्चार कर्मसँगै म्युजिक भिडियोको यात्रामा आचार्य 

सञ्चारकर्मी सुप्रिया आचार्य बिगत ४ बर्षदेखि सञ्चारकर्ममा छिन् । आर्थिक मिडिया अर्थ सरोकार डटकममा सम्बाददाता, समाचार प्रस्तोता तथा कार्यक्रम निर्माताका रुपमा कार्यरत आचार्य अभिनित अन्य सार्वजनिक विज्ञापन सन्देश, तथा पर्व सन्देशका भिडियोहरु सार्वजनिक भईसकेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्