Skip to content

नारायणगढ-मुग्लिन सडक खण्डमा आज राति ८ बजेदेखि सवारी चलाउन रोक

nmb bank inside

काठमाडौँ। नारायणगढ-मुग्लिन सडक खण्डमा आज राति ८ बजेदेखि सवारी चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । अविरल वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले चितवनसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सो सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

त्यसैगरी जोखिमयुक्त स्थानमा अनावश्यक आवागमन नगर्न तथा सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्