काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार असोज ९ गते राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चालक मोरङको लाङटाङ नगरपालिका–१ बस्ने अन्दाजी ३५ वर्षीय योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो ।
घाइते मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएकोमा उपचारका क्रममा राति ११ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा घटनास्थल व्यवस्थापन गरेको थियो ।
प्रहरीले ट्रक र चालक जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्