काठमाडौं ।सरकारले जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डको सिलिन्डरसँग साट्न मिल्ने व्यवस्था गर्ने तयारी गरेको छ । दसैँको समयमा खाना पकाउने ग्यासको अभाव हुन नदिन सरकारले यस्तो तयारि गरेको हो।
चाडपर्वका बेला बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले आफूले खोजेको ब्राण्ड नपाउने समस्या देखिँदै आएको छ। यही समस्या समाधान गर्न नेपाल आयल निगम, ग्यास उद्योगी, बिक्रेता तथा सुरक्षा निकायबीचको समन्वयमा यस्तो व्यवस्था लागू गर्ने तयारी गरिएको हो।
प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट उपलब्ध जुनसुकै ब्राण्डको सिलिन्डरमा ग्यास साट्न सक्नेछन्। यसका लागि ब्राण्ड परिवर्तन गरेबापत उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
यसअघि भने एउटा ब्राण्डको सिलिन्डर अर्को ब्राण्डसँग साट्दा उपभोक्ताले ४ सयदेखि ७ सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्था लागू भएमा उक्त अतिरिक्त आर्थिक भारबाट उपभोक्ता मुक्त हुनेछन्।
काठमाडौं उपत्यकामा भने सुविधा सहज बनाउन १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी गरिएको छ। ती काउन्टरमार्फत विभिन्न ब्राण्डका सिलिन्डर साट्ने तथा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ।
यद्यपि, यस्तो व्यवस्था कार्यान्वयनमा आइसकेको औपचारिक घोषणा भने हालसम्म भएको छैन। सम्बन्धित निकायबीचको समन्वयपछि यसको कार्यान्वयनबारे अन्तिम निर्णय हुने बताइएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्