निरोज कोइराला
भोजपुर । दशैं तिहार जस्ता चाडपर्वमा हालिने रोटेपिङ, लिङ्गे पिङहरूको संस्कृति हराउँदै जादाँ भोजपुरको पूर्वी अरूण गाउँपालिकाको केन्द्र प्याउलीको अरूण आध्यात्मिक प्रतिष्ठानले भने यसलाई निरन्तरता दिएको छ ।
भोजपुरमा दशैं–तिहारमा ग्रामीण भेगमा रोटे पिङ र लिङ्गे पिङ मुख्य आकर्षण हुने भएकाले हराउँदै गएको संस्कृतिको संरक्षणमा प्रतिष्ठान जुटेको आचार्य सोमनाथ कोइरालाले बताए । उनले प्रतिष्ठान क्षेत्रमा पिङ बनाईएको बताए । दशैंका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन् ।
मेला महोत्सवहरूमा पनि जेनेरेटरबाट चल्ने ठूला खालका पिङ राख्ने हुँदा स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो । वर्षको एक दिन भुइँ छाड्नुपर्छ भन्ने मान्यता अनुसार पिङ खेल्ने गरिन्छ ।
रोटेपिङ बनाउन ठूला–ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै गएको स्थानीय कृष्ण प्रधानले बताए । पछिल्लो समयमा गाउँघरमा युवाको संख्या पनि घटदै गएका कारण परम्परागत संस्कृति पनि लोप हुँदै जान थालेको छ ।
जिल्लाका केही स्थानमा लिंगेपिङ लगाउने गरिन्छ । डोरी बाट्ने जनशक्ति अभावमा यो परम्परा पनि हराउँदै जान थालेको छ । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट समेत कम हुने गरेको छ ।
पिङमा युवादेखि बालबालिकासम्म झुम्ने गर्छन् । मोवाइल र अन्य मनोरञ्जनका साधनका कारण रोटेपिङ र लिङ्गे पिङप्रति अहिलेको पुस्तामा आकर्षण घट्दै गएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्