काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्