काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधान मनोनित भएका छन् ।
संघलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
यसअघि संघको महासचिवको जिम्मेवारी सम्हालिसकेका प्रधान नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन् ।
कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।
अध्यक्षको जिम्मेवारी पाएसँगै प्रधानले संघको संगठनात्मक गतिविधिलाई अघि बढाउँदै निर्धारित समयभित्र अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्