Skip to content

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल(फोटो,भिडियो)

nmb bank inside

तस्बिर :नेपाल न्यूज बैंक

काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ । बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन् ।

तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मालाका लागि फूल किन्न आउनेहरूको बजारमा भीड देखिएको छ । व्यापारीहरू फूलमाला बिक्री गर्न व्यस्त छन् भने ग्राहकहरू आफूलाई आवश्यक फूल छनोट गर्दै खरिद गरिरहेका छन् ।तिहारको रौनकसँगै कालीमाटी बजारमा फूलको किनबेचले चहलपहल थपिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्