Skip to content

युवराज साम्राको नाममा एनपीएलको चौधौ अर्धशतक

nmb bank inside

युवराज साम्राको नाममा एनपीएलको चौधौ अर्धशतक 

काठमाडौं । पोखरा एभेन्जर्सका युवराज साम्राले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं अर्धशतक आफ्नो नाममा लेखाएका छन्। 

साम्राले कर्णाली याक्सकाविरूद्ध २३ बलमा २ छक्का र ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरे।

जारी प्रतियोगितामा हालसम्म १४ अर्धशतक प्रहार भएका छन्।

यसअघि विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका थिए। 

 विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,  सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका थिए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्