Skip to content

एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

nmb bank inside

एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

एडिलेड । अस्ट्रेलियाको साउथ अस्ट्रेलियास्थित एडिलेडमा आगामी मार्च २५ देखि २८ सम्म सातौँ ओसियाना नेपाली स्पोर्टस् मिट (ओएनएसएम) आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर तयारीमा जुटेका छन् भने खेलाडी दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ।

आयोजकले आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी, खेल व्यवस्थापन, स्वयंसेवक परिचालन, खेलाडी दर्ता, प्रायोजन तथा चारदिने कार्यक्रमको रूपरेखाबारे जानकारी गराएको हो।

सन् २०२७ मार्च २५ देखि २८ सम्म सञ्चालन हुने प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न राज्य तथा न्युजिल्यान्डबाट नेपाली मूलका खेलाडी, खेल पदाधिकारी, समर्थक र समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितालाई सफल बनाउन साउथ अस्ट्रेलियामा क्रियाशील नेपाली सामुदायिक तथा खेलकुद संस्थाहरूले समेत ऐक्यबद्धता जनाएका छन्।

सातौँ संस्करणमा क्रिकेट, जुनियर क्रिकेट, फुटबल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, पौडी तथा ट्र्याक एन्ड फिल्ड गरी विभिन्न खेल विधामा प्रतिस्पर्धा हुनेछ।

यसैबीच, आयोजकले प्रतियोगिताको मस्कटका रूपमा कोआलालाई सार्वजनिक गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज एडिलेड रहेको छ।

‘युनाइटेड बाई हेरिटेज, इन्स्पायर्ड बाई स्पोर्ट’ अर्थात् ‘सम्पदाले एकताबद्ध, खेलबाट प्रेरित’ भन्ने नारासहित आयोजना हुन लागेको ओएनएसएमलाई खेलकुद प्रतियोगितामा मात्र सीमित नराखी नेपाली भाषा, साहित्य, संगीत, कला, संस्कृति र समुदायलाई एकै ठाउँमा जोड्ने साझा उत्सवका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्