धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका—४ बोराङस्थिय बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ब्गएको छ भने सात जना घाइते भएका छन् ।
बतासे दोभानमा एकादसी मेलाको पुजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।
घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्क समेत नचल्ने भएकाले उद्दारमा पनि कठिनाइ भएको छ । राती करिब २ बजे अगाडि नै दुर्घटना भएपनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्