Skip to content

प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

nmb bank inside

सर्लाही । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो ।

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पु¥याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्