काठमाडौँ। बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०. ८९ अंकले घटेर २,६३६ विन्दुमा कायम भएको हो। आजको बजारमा ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५५ कम्पनीको १ करोड ४६ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालय ऊर्जा कम्पनीको सेयर कारोबार भएको छ ।आज यस कम्पनीको २४ करोड माथिको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४. ८८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एलएस होरइजन १२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४. ५ प्रतिशतका दरले गुमाएका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्