काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । क्यानडा-नेपाल च्याम्बर अफ कमर्श र क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शको संयुक्त प्रतिनिधि मण्डलसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
प्रतिनिधि मण्डलसँग मंगलबार मन्त्रालयमा भएको अन्तरक्रियाका क्रममा आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलनबारे चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले भने, ‘वैदेशिक लगानीलाई सहजीकरण गर्ने सवालमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन ।’ अन्तरक्रियाका क्रममा क्यानडा र नेपालबीचको ब्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो ।
क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको जनाएका छन् । क्यानडा-नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष चाव्दाले प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्