Skip to content
nabil bank inside

अध्यक्ष ओली:-‘राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ’

nmb bank inside

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-६ नं वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने जानकारी दिएका छन् । ‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ’, उनले भने, ‘विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।’

उनले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताएका छन् । ‘यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्नेछन् भन्ने मलाई विश्वास छ’, उनले भने, ‘यहाँका जनताका समस्या समाधानका लागि म पहल गर्छु ।’ कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गरेका छन् ।

प्रमुख लिम्बूले भने, ‘यहाँ महाकाली नदी कटानको समस्या छ, विकास निमार्णका काम अगाडि बढाउन शुक्लाफाँटा निकुञ्जबाट बाधा पुग्छ, दोधारा चाँदनी सुक्खा बन्दरगाह यथाशीघ्र अगाडि बढाइदिन आग्रह गर्छु ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्