Skip to content
nabil bank inside

अध्यक्ष नेपाल भन्छन्: ‘सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ’

nmb bank inside

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् । पार्टीनिकट महिला सङ्घद्वारा शुक्रबार आयोजित भेलामा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उनले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । नेपालमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको उनले प्रस्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि नयाँ चरणको छलफलमा रहेको जनाएका छन् । उनले भने, ‘हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ, हामी छलफल गर्दै जानेछौँ ।’ देशमा सुशासन कायम गर्न इमानदार नेता तथा कार्यकर्ता चाहिएको बताउँदै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति इमान्दार भएर पार्टीको सङ्गठन निर्माणमा लाग्न निर्देशन दिएका छन् । सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल गरी उपयुक्त निर्णय गरिने उनको भनाइ थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्