काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बाताएकी छिन् । विश्व सामाजिक सेवा दिवसका अवसरमा जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बाताएकी हुन् ।
उपसभामुख रानामगरले कार्यक्रममा बोल्दै भनिन्, ‘मैले सामाजिक सेवामा लागेको ३४ वर्ष भयो, आफौँ बाँच्न गाह्रो हुने समयमा ट्युसन पढाएर बन्दीको सेवा गरेर सामाजिक सेवामा लागेको हुँ, सामाजिक सेवा भनेको राजनीति पनि हो, कर्तव्य पनि हो ।’ नाम कमाउनका लागि मात्रै सामाजिक सेवामा लाग्दा बीचमै हराइने उनको भनाइ छ ।
त्यसैगरी उनले हरेक धर्ममा सामाजिक सेवाभाव र अनुशासनको मार्गनिर्देशन हुने गरेकाले त्यो कडा अनुशासनलाई पालना गरेर सामाजिक भावमा लाग्नुपर्ने उल्लेख गरेकी छन् । ‘कृष्णप्रसाद भट्टराई, सिके प्रसाइँ, निर्मल लामाले आफ्ना लागि कहिल्यै सोच्नु भएन, हामीहरु पनि नि:स्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न सक्नुपर्छ’, उनले भनिन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्