काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ६६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ६९ पैसा रहेको छ ।
