काठमाडौँ । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरीलो र बकूलाको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।
समितिका अनुसार आइतबार भारतीय ठूलो गोलभेडा ७०रुपैयाँ, नेपाली ठूलो गोलभेडा ७०, गोलभेडा सानो लोकल ४०, सानो गोलभेडा टनेल ८०, आलु रातो ४४ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला ९०, लौका ६०, तराई परवर ८०, घिरौला ६०, फर्सी पाकेको ४०, लाम्चो हरियो फर्सी २५, डल्लो हरियो फर्सी २५, सलगम ७०, भिण्डी ९०, बरेला ३०, स्कुस ४० रुपैयाँमा कारोबार हुँदा रायो साग ५० रुपैयाँ, पालुंगो १ सय रुपैयाँ, चम्सुरको साग १ सय रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग १ सय, सौफको साग १ सय र जिरीको साग ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ३०, कन्य च्याउ ९०, डल्ले च्याउ २ सय ५०, अदुवा २ सय २०, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४ सय ३०, खुर्सानी हरियो बुलेट ९०, खुर्सानी हरियो माछे ८०, भेडे खुर्सानी १ सय १०, हरियो लसुन १ सय २०, हरियो धनिया ४०, लसुन सुकेको चाइनिज २ सय ६०, लसुन सुकेको नेपाली १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार हरियो स्याउ (झोले) २ सय २० रुपैयाँ, स्याउ (फूजी)३ सय, केरा १ सय ३० दर्जन, अनार २ सय ५०, हरियो अंगुर १ सय ४०, कालो अंगुर २ सय ४०, भारतीय सुन्तला १ सय २०, हरियो तर्बुजा ४०, मौसम १ सय ४०, जुनार २ सय ५०, भुई कटहर १ सय ५०, रुख कटहर ९०, लोकल काक्रो ६०, हाइब्रीड काक्रो ३०, चाइनिज नासपाती २ सय, नेपाली मेवा ७०, भारतीय मेवा ८० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । त्यसैगरी आज किनु ९०, स्ट्रबेरी भुईऐसेलु २ सय ५०, अमला ८०, हरियो छ्यापी ९०, ताजा रहु माछा ३ सय ४०, ताजा बचुवा माछा २ सय ६०, ताजा छडी माछा २ सय ५०, ताजा मुंगरी माछा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्